मधेस प्रदेश समन्वय परिषद कतारद्वारा वृहत्  ईफतार कार्यक्रम सम्पन्न


  • मधेस प्रदेश समन्वय परिषद कतारद्वारा वृहत्  ईफतार कार्यक्रम सम्पन्न
  • दर्शन सुनार/कतार : मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

    ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान पर्वको अवसरमा मधेश प्रदेश समन्वय परिषद कतारले शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वृहत ईफतार कार्यक्रमसहित रमजान करिम कार्यक्रम सम्पन्न गरेको हो ।

    मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेका थिए ।

    विधिवत उद्घाटन गर्दै ब्यानर अनावरण गरेर अघि बढाइएको कार्यक्रममा धर्म गुरु मौनाला गुलाम नविबले कुरान तिलावत वाचन गरेका थिए। त्यस्तै मौलाना सलामत अलीले ईस्लाम धर्म र रोजाको बारेमा प्रष्ट पार्दै रोजा उपवास र ब्रतको बारेमा समेत बताएका थिए । रमदानको महिनामा पवित्र आत्मा राखेर रोजा बस्दा अनुशासन रुपमा बस्ने कसैलाई दुख नदिने समेत धर्म गुरुको भनाई रहेको थियो। कार्यक्रममा थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य बोल्दै रमजान, रोजा,उपवास र ब्रतको बारेमा बताउँदै रमादान मुबारक शुभकामना समेत दिएका थिए ।



  • प्रमुख अतिथि ढकालले आफ्नो शुभकामना मन्तव्य बोल्दै पवित्र महिना रमदानको समयमा रोजाले मान्छेलाई धेर्यताको सहानुभूति दिलाउनुको साथै सामाजिक हिसाबले मानव कल्याणमा सकेको सहयोग गर्ने बताए । हामी नेपाली बहुभाषी,बहुजाती हामी नेपालीहरुले सबै धर्मको एकले अर्काको मान सम्मान, सत्कार गर्ने बताउँदै हाम्रो सम्पुर्ण नेपालीहरुको हरेक चाड पर्वमा सबै नेपाली समुदायलाई सधै खुसी देख्न पाईयोस भन्दै शुभकामना व्यक्त गरे ।

    मधेश प्रदेश समन्वय परिषद कतारका महासचिब तेजिलाल मण्डलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति नियाज शेषले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव सदैब कायम रहने बताउँदै कार्यक्रमको समापन गरे ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संगठन,विभिन्न परदेश,जिल्ला संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मधेश प्रदेश समन्वय परिषदमा कतारमा आवद्ध रहेका विभिन्न जिल्ला संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *