भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी दलकुमार राईका आँगनमा खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोमा परेका थिए ।