काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को कार्यालयमा पुर्याइएको छ ।
पूर्वसभामुख समेत रहेका उनलाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि सोही अनुसार प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।

सीआईबीले महरासँग यसअघि पनि बयान लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।