नेपालगंज: पाटे बाघको छालासहित नेपालगन्जबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउसो नेपालगन्ज २ पुष्पलालचोकस्थित रोयल महाबुब होटलबाट सुर्खेतका चन्द्र बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको कोठा न. १०१ भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई पाटे बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। पाटे बाघको छालाको ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च रहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।
कार्कीलाई बाघको छाला सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धान अघि बढाईएको बांके प्रहरीले जनाएको छ।