कोरोना अपडेटः आज ७०७ थपिए, ६ जनाको मृत्यु



काठमाडौं ०४, भदौ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।