दर्शन सुनार/कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले वृहत् ईफतार कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् ईफ्तार कार्यक्रम कतार च्यारिटीको सभाहलमा सम्पन्न गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अलिको सभापतित्व तथा नेपाली राजदूतावासका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सामुदायिक ईफ्तार कार्यक्रम सम्पन्न भएको हो।
मौलाना धर्म गुरु गुलाम नबि रजवीले कुराअन तिलावत वाचन तथा नात (धार्मिक गित) वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । रमजान रोजा र व्रतको बारेमा धर्म गुरु कासिम रैयानले प्रष्ट पारेका थिए रमजानको महिनामा पवित्र आत्मा राखेर रोजा बस्दा अनुशासनको पालना गरेर रोजा बस्ने, कसैलाई दुख पिर मर्कामा न पार्ने कसैलाई अपहेलना न गर्ने भन्ने धर्म गुरुको भनाई रहेको थियो । कार्यक्रममा सम्पुर्ण संघ संस्थाको तर्फबाट एनसिसी कतारका अध्यक्ष रमेश भट्टले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कतार च्यारिटीका पदाधिकारीले शुभकामना मन्तव्य राखेर उपस्थित सम्पुर्णलाई रमजान मुवारकको शुभकामना दिएका थिए प्रमुख अतिथी ढकालले आफ्नो शुभकामना मन्तव्य बोल्दै सम्पुर्ण बर्तालुहरुलाई सु-स्वास्थ दिर्घायुको कामना गर्दै ईफ्तार कार्यक्रमले हामी नेपालीहरुको भाईचारा,माया प्रेम सद्भाव कायम रहने र सामाजिक, धार्मिक रुपमा समेत मीठो संदेश दिन टेवा पुग्ने बताए ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका
उपाध्यक्ष ईशा अलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका कार्यवाहक सचीव नजिर मियाले गरेका थिए । सभापति अलीले सामाजिक सद्भाव एवं भाइचाराको लागि विगतदेखी नै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले हरेक बर्ष इफ्तार कार्यक्रम गर्दै आईरहेको बताए । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको ईफ्तार कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद प्रकट गरे।
कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट कतार च्यारिटीका पदाधिकारी लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि,पत्रकार सगै पाँच सय भन्दा बढी बर्तालुहरुको उपस्तिथि रहेको थियो ।