रमजानको सामाजिक तथा आध्यात्मिक पक्ष !


  • रमजानको सामाजिक तथा आध्यात्मिक पक्ष !
  • कतार : कुनै पनि वस्तु वा विषयले त्यतिबेलासम्म मन मस्तिष्कमा जरा गाढेर त्यसको असर प्रत्यक्ष जीवनमाथि लागू गर्दैन तबसम्म त्यसलाई बुझिँदैन र त्यसको महत्त्वलाई स्वीकार गरिँदैन। यसैगरी त्यसको अर्थ र मतलब पनि बुझिँदैन।

    अब रमजान भनेको के हो ?

    त्यसलाई पवित्र कुरानले एक शव्दमा अर्थ्याई दिएको छ। जसमा भनिएको छ 'हे आस्थावान हो तिमीहरूमाथि रोजा व्रत अनिवार्य गरिएको छ। जसरी तिमीहरू भन्दा पहिलेका समुदाय र समूहमाथि अनिवार्य गरिएको थियोे। ताकी तिमीहरूमा अल्लाहको भय सृजना होस्।यसमा कुनै दुईमत छैन कि ईश्वरले यस धर्तीमा मानव जातिलाई विभिन्न प्रकारको परिक्षा लिने गरेका छन ।'

    त्यस्तै परिक्षा मध्ये उहाँप्रतिको दायित्व निर्वाह गर्दाको हो भने एउटा त्यस्तै परिक्षा भनेको उहाँको आज्ञाको पालना गर्नु हो। त्यो भनेको अल्लाहले भन्नूहुन्छ, 'झुठो नबोल,कसैको ज्यान सम्पत्ति र मान मर्यादा तथा प्रतिष्ठामाथि हमला नगर। भन्नूहुन्छ कसैलाई अन्यायपूर्ण व्यवहार नगर। कसैको अधिकारको हनन नगर!सामान बेच्दा वा कारोबार गर्दा नाप तौलमा घटिबडि गर्ने नगर।कुनै जिम्मेवारी दिइएको छ भने त्यसमा निष्ठापुर्वक लाग। त्यसलाई सामान्य सम्झेर जिम्मेवारीमा लापरबाही नगर। आफ्नो जिम्मेवारी र दायित्व निर्वाहलाई शतप्रतिशत सहि ढंगले गर।तर हाम्रो आत्मा भित्रको खराब जीवले त्यसको उलंघन गर्न प्रेरित पनि गरिरहेको हुन्छ।जसलाई नफस भनिन्छ।त्यो नफसको आज्ञा पालनबाट हामी रोकिनु पर्दछ।यसैगरी मानव जातिको भित्री खराब आत्माले भन्ला होइन सकेसम्म जसरी हुन्छ कमाउनु पर्छ ।

    नापतौलमा घटिबढी गर्नु पर्छ। आफुले सकेसम्म अन्यमाथि ज्यादती गर्नु पर्दछ। कहिले राजनैतिक दम्बका कारण त कहिले पावर र पहुँचको भरमा।कहिले कुनै बदला लिने भावनाले प्रेरित भएर अन्याय अत्याचार गर्न पनि हामी पछि पर्दैनौ।यस्तो भावनाले हामीलाई पाप र अपराध गर्ने तर्फ प्रेरित गर्दछ।तर अल्लाहले हामीलाई यस्तो गर्नबाट रोक्नु हुन्छ मनाही गर्नुहुन्छ। इस्लामी पद्धति र इसलामको सन्देश के हो ? इस्लाम भनेको उच्च नैतिक आचारण सहित जीवनयापन गर्नु हो ।

    अब मानव जीवनमा उच्च नैतिक आचार सहितको जीवनयापन गर्ने केवल धर्म कर्म काण्ड मात्र एउटा क्षेत्र छैन। जसमा त म इश्वरको आदेशको पुर्ण पालना गरुँ तर अन्य मानवीय दायित्व ,सामाजिक जिम्मेवारी र मेरो जीवनको  विभिन्न अन्य पाटाहरुमा भने म मेरो मन मर्जिबाट जीवन यापन गरौं। इस्लामले यसको अनुमती किमार्थ दिंदैन।इस्लामले त मानव भएर जन्म लिएपछि जीवन पुर्णतःअल्लाहको आदेश र पैगम्बर हजरत मोहम्मद (वहाँ माथी शान्ति होस) ले बताए अनुसार जीवन यापन गर्नु भनी दर्शनको रुपमा पवित्र कुरआन र हदीसलाई माध्यम बनाएको छ।हाम्रो जीवनको हरेक क्षेत्र इस्लामी शिक्षा र मार्गदर्शन अनुरुप हुनु पर्दछ।जहाँ यसको अनुसरण मानवीय विषयमा आकर्षित हुन्छ्न त्यहीँ हामीले हाम्रो दैनिकी प्रत्येक खुड्किलामा इस्लामी आदेशकै पालना गर्नु पर्दछ।धर्म कर्म बाहेक पनि हाम्रो जीवन सन्तुलित राख्न अल्लाहको आदेश र रसुलको तरिकालाई हामी लेनदेन कारोबार,शिष्टता,आदर्श,दायित्व निर्वाह,जिम्मेवारीमा पनि पालना गर्नु पर्दछ ।

    केवल धार्मिक क्रियाकलापमा मात्र होइन यद्यपि हामीले गर्ने राजनीतिमा पनि यसको अनुसरण गर्नु पर्दछ। सामाजिक दायित्व निर्वाह गरिरहँदा पनि उच्च नैतिक आचारण प्रदर्शन गर्नु पर्दछ।घरमा घर बाहिर जहाँ पनि उच्च नैतिक आचारण सहितको जीवन बिताउनु पर्दछ।अब जब हामी आफुलाई उच्च नैतिकवान बनाउने प्रयास गर्दछौं त्यतिबेला के गर्छौ भन्दा हामी हाम्रो निजि बिचार निजि मन मर्जी र फौसला लाई त्याग दिन्छौं।आफू अल्लाहको,ईश्वरको आदेशको अगाडि नतमस्तक हुन्छौं।उनकै शरणमा पर्छौं।आफ्नो हटधर्मी त्याग्छौ।

    त्यसैगरी आफ्नो चाहनालाई एउटा विशेष परिधी भित्र बाँध्ने काम गर्छौं। र निश्चित आचारसंहितामा निहित गरिदिन्छौं । यसलाई अरबी भाषामा तक्वा भनिन्छ। जसको उदेश्य मानव जीवन लाई छाडा नछोडौं र यसलाई एउटा अनुशासनको दायरामा बाधौं भन्ने हो। जब हामी यस प्रकारको डिसिप्लेनमा बाधिन्छौं तब हाम्रो धर्मले हामीलाई कुकर्म बाट बच्दै उच्च नैतिक आचारण हाम्रो जिवनमा प्रत्येक्ष लागू भएको हेर्न चाहन्छ। जसमा हामीलाई बाद्य बनाइएको हुन्छ कि म कसैको इज्जत प्रतिष्ठा माथि हमला नगरु।



  • कसैलाई बेइज्जत नगरु।कसैको सम्पत्तिलाई अन्यायपूर्ण तरिकाले नहड्पिउँ।कसैको मन नदुखाउं।कसैलाई अनाहकमा दुख कष्ट नदिउं।कसै माथी कुनै पनि प्रकारको अन्याय अत्याचार र विभेद नगरुँ।धर्म कर्म बाहेक पनि मानवताका हरेक सिद्धान्तलाई पुर्णतः आफ्नो जिवनमा लागू गरुँ। यस्तो उच्च आचारण मेरो जीवनको हरेक पलमा पुर्णतः लागू गर्नु पर्ने सन्देश इस्लामले हामीलाई दिन्छ। चाहे त्यो म घरमा श्रीमती संग कुनै मामिला गरिरहेको होस। अथवा श्रीमतीले श्रीमान प्रतिको दायित्व निर्वाह गर्दाको अवस्था किन नहोस।यसैगरी बालबालिकाको अधिकार संरक्षण गर्दाको अवस्था होस। चाहे नातागोता प्रतिको अधिकार लिनेदिने विषय नै किन नहोस। यसैगरी बजारमा कुनै वस्तु किनबेच गरिरहेको अवस्थामा होस।हरेक क्षेत्रमा उच्च नैतिक आचार सहितको व्यवहार गर्नु पर्दछ भन्ने सन्देश इस्लामको रहेको छ।

    म उच्च नैतिक आचार सहितको आचारसंहितालाई उच्च बिन्दुमा पुर्याउन तिमीहरू माझ पठाइएको हुँ भनेर पैगम्बर मोहम्मदले भन्नू भएको छ। इन्नमा आना बुइस्तो लि उतम्मिम मकारिमल अख्लाक। अब यस्तो आचारसंहिता सहितको जीवन कुनै सहज जीवन त्यति सहजै पक्कै हुन सक्दैन।किनभने यस्तो जीवन पद्धति हामीले हरेक अवस्था र हरेक क्षेत्रमा बिताउनु पर्दछ।

    त्यसको कारण भनेको आफुलाई निश्चित घेरामा राखेर पुर्णतः आचारसंहिता र अनुशासन सहितको जीवन यापन गर्नु हो।हरेक क्षेत्र र क्रियाकलापमा आफुलाई डिसिप्लेनको दायरामा राख्नु पर्दछ। हो यसैलाई अरबी भाषामा तक्वा भनिन्छ। लअल्लकुम तत्तकुन।ताकी तिमीहरू भय राख।जसको नतिजामा तिमीहरू इशपरायण बन्नेछौ।

    हुदुद आशनाई, अर्थात मानिसले आफुलाई त्यो उच्च नैतिक आचारणको घेराभित्र राखोस जसका कारण मानिस नैतिकताको उच्च बिन्दुमा पुगेर एउटा अनुशासित उच्च नैतिकवान ब्यक्ति बन्ने अवसर प्राप्त गरोस। रोजाले मानवलाई यस कार्यको अभ्यास गराउँदछ। अब त्यो कसरी दिन्छ भन्ने प्रश्न उब्जिन सक्छ।हेर्नुस अल्लाहले अत्यन्तै प्रभावकारी उपाय सृजना गर्नु भएको छ जसमा मानिसलाई त्यसको निम्ति मानिसका केही निश्चित आधारभूत चाहना र आवस्यकता माथी प्रतिबन्ध लगाइदिनु भएको छ। अब ती चाहना र आवश्यकता यस्ता छन कि जुन अधिक्तम ५/६ घण्टा भन्दा बढी रोकिन सक्दैनन्। मानिसलाई भित्रै बाट दबाब बढाउन थाल्दछन।भोक लाग्न शुरु हुन्छ,प्यास लाग्न थालिहाल्छ।

    त्यसपछि त्यो जुन अल्लाहको आज्ञाको अनुसरण गर्नु छ र उनको आदेश मान्नु छ।जब नापतौलमा कमि गर्ने अवसर आउँछ। कसैप्रती अन्याय गर्ने बल प्राप्त हुन्छ।लुकेर पानी पिउने र केही खाने पुर्णतः मौका हुन्छ।कुकर्म र पापको पनि सम्भावना रहेको हुन्छ। अर्थात आफुलाई हरेक कार्य गर्ने बल हुँदाहुँदै पनि त्यतिबेला यसो त गर्नु हुँदैन है भनेर जुन भित्री आत्माले तपाईंलाई रोक्दछ र यो स्मरण गराउँदछ कि होइन है होइन तिमी त अल्लाहको सृष्टि हौ ।तिमीले उनकै आदेशको पालना गर्नु पर्दछ।तिमी उनैको आदेश अगाडि नतमस्तक हुनु पर्दछ भनेर उत्प्रेरित गर्दछ।

    यसको भुमिका जसले निर्वाह गर्दछ त्यो भनेको रोजाले नै हो। यसो गर्दै गर्दा मानिस आफ्नो बल र दम्ब बाट एकदमै कम्जोर हुन पुग्दछ र अल्लाहको आज्ञा पालनामा शतप्रतिशत नतमस्तक हुन पुग्दछ। रोजा खोल्नु भन्दा ४/५ घण्टा पहिला त्यो निरीह अवस्था सृजना हुन पुग्दछ जसमा मानिस आफुले चाँहदा चाहँदै पनि रोकिन पुग्दछ।उसको बल र शक्तिले भ्याउँदा भ्याउँदै पनि उ निरीह भै ईश्वरको अगाडि झुक्न र आदेश पालना गर्न बाध्य हुन्छ।

    भोक लागिरहेको हुन्छ तर खाँदैन।प्यास लागि रहेको हुन्छ तैपनि पिउंदैन। यस्तो अवस्थमा वहाँ को आज्ञा पालना गरेर रोकिनु लाई अरबी भाषामा इताअत भनिन्छ। मानिस अल्लाहको आदेशको पालनामा पुर्ण रुपमा अल्लाहको दास झैं हुन पुग्दछ जसको अतिरिक्त उ एउटा आज्ञा पालन गर्ने असल मानवको रुपमा स्थापित हुन पुग्दछ।वर्षमा ४५० घन्टा जतिको समय हामीलाई हरेक वर्ष यस कार्यको अभ्यास गराउन र प्रशिक्षण दिन हामी बिच आउने गर्दछ ।

    लेखक मोहम्मद रमजान अलि मियाँ
    हाल राष्ट्रिय मानवअधिकार आयोग दोहा,कतार

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *