काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले डिएसपीबाट एसपीमा बढुवा सिफारिस सुची प्रकाशित गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)लाई प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस गरेको हो ।

एसपी बढुवाको १ नम्बरमा ढकेन्द्र खतिवडा र २ नम्बरमा अंगुर जिसी सिफारिस भएका छन ।
