दर्शन सुनार/कतार : नेपाली जनप्रगतिशील मञ्च कतारले शुक्रबार वृहत् ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।
ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित बृहत् ईफ्तार कार्यक्रम सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटाको सभापतित्व तथा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार बुद्धि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विधिवत् उद्घाटन सहित ब्यानर अनावरण गरेर कार्यक्रमको शुभारम्भमा मौलाना गुलाम नविब ले कुराअन तिलावत वाचन गरेका थिए ।कार्यक्रममा शुभकामना वक्ताहरुले ईफ्तार कार्यक्रमले हामी नेपाली दाजुभाई- दिदीबहिनी लगायत नेपाली समुदायको सद्भाव र भाईचारा बढ्ने बताएका थिए । मौलाना कासिम रैयानले रमदान रोजा र व्रत र उपवासको बारेमा प्रष्ट पारेका थिए ।

प्रमुख अतिथी भन्डारीले आफ्नो शुभकामना मन्तव्य बोल्दै कार्यक्रममा सहभागी भएर सफलता पुर्वक कार्यक्रम सम्पन्न गरिदिएको मा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।
नेपाली जनप्रगतिशील मञ्चका उपाध्यक्ष विकास गैर्हेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण मञ्चका महासचिव एक्का प्रसाद तामाङ ( योगेन्द्र) ले गरेका थिए ।
सभापती देवकोटाले मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको सुखद अवसरमा हलमा उपस्थित सम्पुर्णलाई शुभकामना व्यक्त गर्दै कार्यक्रममा आफुले ईस्लाम धर्मावलम्बीहरुलाई मात्र समेटने सक्दो प्रयास गरेको र आफ्नो कार्यकालको पहिलो कार्यक्रम नै पवित्र कार्यक्रमबाट सुरुवाती गर्न पाउँदा आफुलाई खुसी मिलेको बताए । देवकोटाले आगामी दिनमा समेत मञ्चले दोहामा स्थापित सम्पुर्ण संघ-संस्था सगं एक्यवद्धता गरेर दोहाको नेपाली समाजको सामु राम्रा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गरे ।
कार्यक्रममा ईस्लाम धर्मावलम्बीहरु सगैं
नेपाली जनप्रगतिशील मञ्चका ईकाई तथा कमिटीका सम्पुर्ण पदाधिकारीहरु पत्रकार तथा सयौ बर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जनप्रगतिशील मञ्चका सदस्य मोहम्मद रब्बानीले दुवाँ पढदै रोजा खोलेका थिए ।