भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी केसीलाई २ वर्ष कैद


  • भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी केसीलाई २ वर्ष कैद
  • काठमाडौं । बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले । घुस रकमसहित नियन्त्रणमा लिइएका केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए ।

    इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।

    केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो ।



  • सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै केसीको कैफियत देखिएपछि सिआइबीको टोलीलाई केसीलाई अख्तियारको जिम्मा लगाएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बदनियत राखी सुन नियन्त्रणमा लिएको र सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको थियो ।

    सोही मुद्दामा मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरको ८ लाख ५० हजार रुपैयाँ जरिवाना गरी २ वर्ष जेल सजाय सुनाएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *