काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ ।
बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा रिक्त रहेको डिएसपी पदमा १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ।

बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । उक्त व्याजका ठूलो संख्यामा बढुवा हुन बांकी छन ।
