काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले पौडेलले सञ्चारमाध्यामविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । दृष्टिन्युज

