नेपालगन्ज : स्थापना भएको छोटो समयमै नेपालगन्जमा स्थापित हुन सफल कन्सल्टेन्सी हो सुबि एजुकेसन एण्ड भिजा सर्भिसेज। जून कन्सल्टेन्सीले शनिबार जापानको भिजा प्राप्त गरेका विद्यार्थीहरुलाई बिदाई गरेको छ।
नेपालगन्जमा एउटा भव्य कार्यक्रमको आयोजना गर्द अप्रील इन्टेकमा जापानको भिजा प्राप्त गरेका ६१ जना विद्यार्थीहरुलाई बिदाई गरिएको हो। कार्यक्रममा भिजा प्राप्त गरेका विद्यार्थीहरुलाई अनुशासित भएर मिहिनेत गर्न सुबिका प्रबन्धक विनोज बास्तोलाले सुझाव दिएका थिए।

त्यस्तै, जापान गएर के के गर्न हुने र के के गर्न नहुने भन्ने धेरै कुराहरुको बारेमा सुबिका कोर्डिनेटर तथा इन्स्टक्टर संजय बरालले विद्यार्थीहरुलाई जानकारी दिएका थिए। कार्यक्रममा विद्यार्थीहरुले विविध प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए।
धेरै कुराहरु शैक्षिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु लगायत सुबिका विद्यार्थीहरु गरेर डेढ सय बढीको कार्यक्रममा उपस्तिथि रहेको थियो।





