सिराहा । सिराहामा दिउसै हतियार देखाएर अज्ञात समूहले मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटेको छ ।सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि ल्याइएको १५ लाख ५० हजार रकम लुटिएको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले दुई जना नकाबधारीले पेस्तोल देखाएर रकम लुटेको बताए । प्रहरीले उनीहरु भारततर्फ भागेको आशंका गरेको छ ।