काठमाण्डौं । गायिका तृप्ति खड्का गुरुङको स्वर र संगीत रहेको नयाँ भजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतको भिडियो शनिबार सार्वजनिक भएको हो ।


अरुण कुमार प्रधानको निर्देशन, सुमन तामाङको छायांकन, हेमन्त तामाङको सम्पादन रहेको भिडियोमा दिनेश कोइराला र मेनुका माझीलाई कृष्ण र राधाको भुमिकामा देख्न सकिन्छ । भीडियोमा अर्पण आचार्य, विनिता चापागाईं, अनुजा चापागाईं, प्रसन्न पोखरेल, रूपा कोइराला, सफा कोइराला, कविता घिमिरे, गंगा घिमिरे, अनिता घिमिरेलगायतको अभिनय हेर्न सकिन्छ ।