पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ वटा बनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री नियुक्त भएको दुई दिन नवित्दै उनले मन्त्रालय बढाएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुराउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय बढाउने निर्णयमा पुगेका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको छ । यस्तै बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ ।