पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनामै ५ करोड बढीको भन्सार छलिको सामग्री पक्राउ गरेको जनाएको छ ।
एसपी कुमोध ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड समालेदेखी विभिन्न नाकाहरुमा कडाई गरि एक महिनाको अवधिमा भन्सार छली चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कुमोध ढुंगेलले बताए ।

पक्राउ परेका सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
