दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा साँस्कृतिक कार्यक्रम धमाधम भईरहेका छन्। यसैबीच आगामी शुक्रबारको फेरि एउटा भब्य साँस्कृतिक कार्यक्रम कतारमा हुँदैछ। कतारको सनैयामा अवस्थित रहेको फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
"फुलबारी रेष्टुरेन्टको चाहना,नेपाली कला र सस्कृतिको जगेना, भन्ने मुल नाराका साथ " मानव सेवा आश्रम सहयोगार्थ बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल बाट आमन्त्रित राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा,पछिल्लो समयकी चर्चित आधुनिक मोडल करिष्मा ढकाल र मोडल तथा डान्सर सबिता भुषाल कतार आउने भएका छन् ।

सौर्य पत्रको कुराकानीमा कार्यक्रमको गर्नुको मुख्य उद्धेश्य बुटवल शाखामा अवस्थित रहेको मानव सेवा आश्रमलाई सहयोगार्थ गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको र पहिले पनि मानव सेवा आश्रमलाई सहयोग गर्दै आईरहेको र कार्यक्रम पस्श्रांत कार्यक्रमबाट आएको मुनाफा पुन: आश्रमलाई सहयोग गर्ने कुरा फुलबारी रेष्टुरेन्टका सन्चालक श्याम प्रसाद पौडेलले बताए ।
शुक्रबार हुने सांस्कृतिक कार्यक्रमको लागी फुलबारी रेष्टुरेन्टको आफ्नै सभा हलमा तयारी भै रहेको छ, टिकट पनि धमाधम बिक्री भै राखेका छन। अतिथी कलाकारलाई स्वागत गर्न आतुर छौ, पौडेलले भने कार्यक्रम भब्यता हुनेमा आफू ढुक्क रहेको पौडेलले बताए ।
कार्यक्रम सयोंजक रोशन अर्यालले उक्त कार्यक्रम दुई चरणमा हुने कार्यतालिका रहेको बताएका छन, पहिलो चरणको कार्यक्रम दिउँसो दुई बजे देखि बेलुका ६ बजे सम्म हुनेछ,भने दोस्रो चरणको कार्यक्रम बेलुका ७ बजे देखी राती १०.३० सम्म रहनेछ भने दुई चरणकै कार्यक्रममा टिकट होल्डरहरुको लागी चिया नास्ता, सहित खानाको समेत ब्यवस्था रहेको छ । बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण भानु शर्माले गर्ने भएका छन ।