बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया


  • बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया
  • नेपालगन्ज ६, भदौ । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए । उनी कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९स्३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ‘भोलि कोरोना परीक्षण गर्छौँ, त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ’ उनले भनेका छन् । उनकाअनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएकाले आइसोलेशनमै छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *