काठमाडौं । सरकारले ४८ जना उपसचिवहरुको काज, सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा सरुवा भएका छन् ।


