दर्शन सुनार/कतार : फूलबारी रेष्टुरेन्ट कतारले आयोजना गरेको 'फूलबारी सांस्कृतिक कार्यक्रम २०२४' भव्य तरिकाले सम्पन्न भएको छ। 'फुलबारी रेष्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना' भन्ने मुल नाराका साथ शुक्रबार फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।
मानव सेवा आश्रममा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल करिश्मा ढकाल र सबिता भुसालले आफ्नो प्रस्तुति दिएका थिए। उसो त कतारमै रहेका अन्य कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति दिएका थिए।

पशुपति शर्माका गीतहरूमा कार्यक्रममा उपस्थित दर्शकहरु झुमेका थिए।भने, मोडल करिश्मा ढकाल र सबिता भुसालको नृत्यमा पनि दर्शकहरु रमाएका थिए। कलाकारहरुको प्रस्तुतिले माहोल नै संगीतमय बनेको थियो।

फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको सभापतित्व, नेपाली राजदुतावास कतारका उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्टको विशिष्ट आतिथ्यता रहेको थियो। साथै, कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानीय कलाकार तथा पत्रकार सहित उल्लेखनीय दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तस्वीर : दर्शन सुनार/कतार









