एआईजीको सरुवा,प्रशासनमा राई मानवश्रोतमा ढकाल


  • एआईजीको सरुवा,प्रशासनमा राई मानवश्रोतमा ढकाल
  • काठमाडौँ । नेपाल प्रहरीका दुईजना एआईजीको सरुवा भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुइजना एआईजीको सरुवा र पदस्थापन गरेको हो ।

    बिहीवार भएको सरुवामा मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईलाई प्रशासन विभागमा सरुवा गरेको छ भने  प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।



  • बिहीबार एआईजीमा बढुवा भएका भीम प्रसाद ढकाललाई मानवश्रोत विकास विभाग र उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *