दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ। "सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा आगामी मे १७ तारिक / २०२४ का दिन वृहत् रक्तदान कार्यक्रम हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए।
नेपाल मगर संघ शाखा कतारकी केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक रबिना मगरले सौर्य पत्र सङ्ग कुरा गर्दै कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो ।कर्मभूमिको देशमा यहाँ विभिन्न कारणले हुने दुर्घट्नामा रगत आवश्यक पर्छ । हाम्रो थोरै सहयोगले अरु कसैले नयाँ जिवन पाउछ भने हामीले रक्तदान किन न गर्ने ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं । भन्दै रक्तदान कार्यक्रम सफल बनाईदिन सबैलाई आग्रह समेत गरिन ।

कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि सुरु हुने उक्त मानविय र परोपकारी कार्यमा सहभागी भईदिन कतारमा स्थापित विभिन्न जिल्ला,प्रदेश समन्वय बैचारिक,सगंठन सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि समाजसेवी, व्यवसायी, लगायत कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर रक्तदान गरिदिन नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरले अनुरोध समेत गरेका छन।
रक्तदान कार्यक्रम बिहान ८ बजे देखी दिउँसो एक बजे हुने आयोजक संस्थाले जनाएको छ । नेपाल मगर संघले हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।