उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा


  • उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा
  • काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

    यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।



  • मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जसपा नेपाल बाहिरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *