दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले शुक्रबार बृहत् रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। नेपाल मगर संघ शाखा कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतारको हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि चलेको रक्तदान कार्यक्रममा ७४ जना नेपालीले रक्तदान गरेका छन ।
"सम्पुर्ण मगरहरुको एकता-अहिलेको आवश्यकता"भन्ने मुल नाराका साथ आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १८७ जनाको उपस्थिति रहेको थियो जस मध्य रक्तदान गर्नको लागी १११ जनाले रजिष्ट्रेसन गरेका थिए । ७४ जनाले रक्तदान गर्न सफल भएको र रजिष्ट्रेसन गरेका मध्य ३७ जनाले प्राविधिक कारण वशं रक्तदान गर्न बञ्चित भएको कार्यक्रम सयोंजक रबिना मगरले जानकारी दिईन ।
रक्तदान कार्यक्रममा एनसिसी कतार लगायत कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
मगर संघले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई भव्य बनाइदिनु हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नु भएका सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो। रक्तदान कार्यक्रम बिहान ८ बजे बाट दिउँसो १ बजे सम्म चलेको थियो ।