नेपाल पत्रकार महासंघ कतार शाखाको १८ औं  स्थापना दिवस भव्य रुपमा सम्पन्न


  • नेपाल पत्रकार महासंघ कतार शाखाको १८ औं  स्थापना दिवस भव्य रुपमा सम्पन्न
  • दर्शन सुनार/कतार : नेपाल पत्रकार महासघं कतार शाखाले आफ्नो स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली राजदूतावासको सभाहलमा शुक्रबार महासंघले १८ औ स्थापना दिवस २०२४" भब्य रुपमा सम्पन्न गरेको हो ।

    नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बिधिगत उदघांटन सहित दिप प्रज्जलन गरि केक काटेर कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम तथा कार्यक्रमका प्रमुख अतिथी डा: नरेश बिक्रम ढकाल सगं गरिएको कुराकानीको प्रोमो सार्वजनिक गर्दै कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा सिमित ब्यक्तिहरुलाई शुभकामना मन्तव्य दिईएको थियो । शुभकामना वक्ताहरुले खाडी मुलुक कतारमा रहेका श्रमिकहरुको समाचारलाई प्राथमिकतामा राखेर कलम चलाउन आग्रह समेत गरेका थिए । रेडियो ओलिभमा कार्यरत सोम थापा लगायत संघले आयोजना गरेका हरेक कार्यमा सहयोग पुर्‍याउने सहयोगी दाता तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै समाज रुपान्तरण गर्ने,समाजलाई सही दिशामा डोर्‍याउने अग्रज ब्यक्तित्व कतारलाई लामो समयदेखी कर्म थलो बनाउदै फेदी खोला गाउपालिका ३ भाटखोला स्याङ्जाका  गुरु नारायण रानाभाटलाई महासघं कतारले दोसल्ला ओढाएर प्रमाण पत्र सहित महासंघले सम्मान गरेको थियो ।

    प्रमुख अतिथी ढकालले आफ्नो मन्तव्य बोल्दै
    नेपालको बर्तमान संविधान को मौलिक हक अन्तर्गत धारा १९ मा सञ्चार सम्बन्धि बिशेष ब्यवस्था गरिएको बताउदै पत्रकार महासंघ एउटा साझा चौतारी रहेको र सञ्चार जगत बाट नेपाली समुदायलाई रुपान्तरणको रुपमा भुमिका खेल्ने र निरन्तरता पाउने आशा समेत व्यक्त गरे ।



  • ढकालले दूतावास सगं जोडिएका कुरा बताउँदै नेपाली साधन श्रोतले भ्याए सम्म नेपाल सरकारको नीति विधि र पद्धतिले दिए सम्म नेपाली समुदायलाई दिने सेवा सुविधामा कन्जुस्याइँ मा न गरेको बताए ।
    नेपाली राजदूतावासका बारेमा कुनै गुनासा सुझाव सल्लाह भएमा निवेदन गर्न समेत आग्रह गर्दै सामाजिक सञ्जाल मार्फत गरिने आलोचना भन्दा दूतावास परिवारलाई प्रत्यक्ष भेटेर सुझाव र सल्लाह दिएमा मुल्यवान र महत्त्वपूर्ण रहने बताउदै अनुरोध समेत गरे ।

    नेपाल पत्रकार महासंघले सुरुवात गरेको  सिर्जनशिल काम दूतावास र हाम्रो समुदायको  संयुक्त प्रयासमा धेरै काम सकिने बताए तर सकारात्मक सोचको आवश्यकता रहेको बताए। १९७७ मा नेपाल र कतार बिचको औपचारिक रुपमा प्रारम्भ रहेको र आफू राजदुत भईसकेपछी आफू एउटा राजदुतले दुई देश बिचको सम्बन्धलाई उचाईमा पुर्‍याउनु पर्ने थियो उनले भने ।आफ्नो योजना कतारमा रहेका नेपालीहरुको भावना र नेपाल सरकारको कामले नेपाल र कतार दुई देशको बिचको उचाई र सम्बन्धलाई कायम राख्न सानो प्रयासपहिलो पटक अरब मुलुकबाट कतारका राजा अमिरलाई नेपाल भ्रमण गराउन सफल रहेको उपलक्ष्यमा  कतारका रहेका सम्पुर्ण नेपालीहरुलाई बधाई समेत दिए ।

    कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधि सगैं पत्रकारहरुको उपस्तिथि रहेको थियो । पत्रकार महासंघ कतारका वरिष्ठ उपाध्यक्ष अर्जुन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण  संघका सचीव दिलिप पराजुलीले गरेका थिए।

    कार्यक्रमको समापन गर्दै सभापति श्रेष्ठले पत्रकार महासंघले शुद्धीकरणको रुपमा केही पत्रकारहरुको सङ्ख्या कम्ती गरेको र बाकी संघमा आवद्ध रहेका पत्रकारहरुलाई समाचार बाट होस या  बस्तुगत विषय बाट होस कृयाशिल बनाउने बताउदै कतारमा स्थापित विभिन्न संघ सस्थांहरुले गरेका राम्रा कामका सामुदायिक पत्रकारिता,सूचना,सन्देश तथा समाचारका  लागि पत्रकार महासंघ सदैव सहकार्य गर्ने  वाचा गर्दै कार्यक्रमको समापन गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *