दर्शन सुनार/कतार : "आपसी सहयोग,सामाजिक सदभाव र बन्धुत्वको लागि सदभाव युवा समाज" भन्ने मुल नाराका साथ सदभाव युवा समाज कतारले साधारण सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
सदभाव युवा समाज कतारले बिहिवार
नज्मा स्थित रहेको कलिकट रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै १६ औं बार्षिकोत्सव तथा साधारण सभा भब्य रुपमा सम्पन्न गरेको हो ।
सदभाव युवा समाज कतारका अध्यक्ष चन्डी प्रसाद भुषालको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाबाट आगामी एक कार्यकालका लागी बिजय गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै उपाध्यक्षमा रुस्तम तामाङ,महासचिवमा चित्र गुरुङ,सचीवमा नवीन अर्याल,कोषाध्यक्षमा,रामचन्द्र न्यौपाने र सह-कोषाध्यक्षमा हरि गुरुङ चयन भएका छन, त्यस्तै कार्यसमिति सदस्यहरुमा राजकुमार निरौला, दुर्गानाथ उप्रेती,रेवती खकुरेल,सप्त गुरुङ,रबिन काफ्ले,अमृत श्रेष्ठ,निर्वाचित भएका छन । समाजले संरक्षक समिति,सल्लाहकार समिति,लेखा निरीक्षण समिति,र सांस्कृतिक बिभाग समेत गठन गरेको छ ।
समाजको एक वर्षे कार्यप्रगती समाजका महासचिव बिजय गुरुङले पेश गरेका थिए। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो शुभकामना वक्ताहरुले समाजले निकै राम्रा र सराहनीय कार्य गरेको प्रंशसा समेत गरेका थिए । बिशिष्ट आतिथी शुभकामना दिने वक्ता,पत्रकार तथा कार्यसमितिमा उत्कृष्ट कार्य-सम्पादन गर्ने ब्यक्तिहरुलाई आभार पत्रद्धारा सम्मान गरिएको थियो ।सम्झना तमुस्यो र राज गुरुङको नृत्य,प्रस्तुत गरेका थिए रुष्तम तामाङ र सुनिल थापा मगरले गायनद्घारा उपस्थीतलाई नचाएका थिए ।
तमु गुरुङ समाज कतार र सदभाव युवा समाज कतारको माया सम्बन्धलाई सदैब कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै तमु (गुरुङ) समाज कतारले सभापति चन्डी प्रसाद भुषाललाई (क्रेगी) फेटाद्धारा सम्मान गरिएको थियो ।भने तमु गुरुङ समाज कतारमा आवद्ध रहेका चेलीबेटीहरुले मायाको कोशेली समेत प्रदान गरेका थिए ।
कार्यक्रममा साहित्यकार बिनोद अधिकारीले गजल वाचन गरेका थिए । प्रमुख अतिथी केसीले आफ्नो मन्तव्य बोल्दै आफ्नो कार्यकालको सुरुवाती समयमा प्रमुख अतिथीको अत्यन्तै महत्त्वपूर्ण भुमिकामा सामाजिक अभिभारा सहित निर्वाह गर्न अवसर दिएकोमा सद्भाव युवा समाज कतारलाई हार्दिक कृतज्ञता प्रकट गर्दै समाजले अत्यन्तै सराहनिय कार्य गरेको बताउदै आगामी दिनमा समाज सगं हातेमालो गरेर अघि बढ्ने बाचा समेत गरिन ।
समाजका दित्तिय उपाध्यक्ष सुरज सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका सचिव चित्र गुरुङले गरेका थिए । सभापती चन्डी प्रसाद भुषालले
कार्यक्रमलाई सभ्य र भब्य बनाउन विभिन्न कोणबाट सहयोग गर्नुहुने र कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकद गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता प्रकट गरेका थिए ।
कतारलाई कर्म थलो बनाई कतार एअरवेजको मातहतका विभिन्न शाखाहरुमा कार्यरत युवाहरुले नितान्त सामाजिक सद्भाव तथा मानव सेवा लाई अवलम्बन गरि सामाजिक हक र हितका लागी काम गर्ने हेतुले स्थापना गरेको समाजले भुकम्प पिडित,बाढी पिडित,राष्ट्रिय आविस्कार केन्द्र,मानव सेवा आश्रम लगायत दुख पीडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।