दर्शन सुनार/कतार : लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै पत्रकारितामा सक्रिय पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन्। सद्भाव युवा समाज कतारले पत्रकार शर्मालाई खादा, नेपाली टोपी, कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो।
बिहीबार सद्भाव युवा समाजको १६ औं वार्षिकोत्सब थियो। सोही अवसरमा समाजले कतारको नज्मा स्थित एक रेष्टुरेन्टमा भव्य कार्यक्रमको आयोजना समेत गरेको थियो। सद्भाव युवा समाज लगायत कतारका हरेक गतिविधिलाई समाचारको माध्यमबाट बाहिर ल्याएर अतुलनीय योगदान पुर्याएको भन्दै पत्रकार शर्मालाई भव्य तरिकाले सम्मान गरिएको हो।
सम्मानित भएपछि पौडेलले सामाजिक सञ्जाल फ्रेसबुक मार्फत आफुलाई सम्मान गर्ने संस्थाका संस्थापक लगायत वर्तमान कार्यसमितिप्रति आभार व्यक्त गरेका छन्। यो सम्मानले झन् पत्रकारितामा दरिलो भएर कलम चलाउन हिम्मत र हौसला मिलेको शर्माले बताए।
हाल उनी मध्याह्न राष्ट्रिय दैनिक कतारमा सम्बादाता हुन्। उनले सन २०१४ बाट पत्रकारिताको शुभारम्भ गरेका हुन्। गैर आवासिय नेपाली वैदेशिक रोजगार तथा आप्रवासी कामदारका समाचारलाई प्राथमिकतामा राख्दै आएको मध्याह राष्ट्रिय दैनिकमा समेत सक्रिय रुपमा समाचार सम्प्रेषण गरिरहेका छन्।
सामाजिक रुपमा विभिन्न सघं-संस्थामा आवद्ध रहेका पौडेल कतारमा निडर र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारका रुपमा परिचित छन्। उनी यस अघि पनि विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन्। कतारमा रहेका नेपाली पत्रकारहरुमध्ये उनी निकै सक्रिय पत्रकारको सुचीमा पर्ने गर्छन्।