इरानी राष्ट्रपति र विदेशमन्त्रीको हेलिकोप्टर दुर्घटनामा मृत्यु


  • इरानी राष्ट्रपति र विदेशमन्त्रीको  हेलिकोप्टर दुर्घटनामा मृत्यु
  • काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहियनलगायतको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    सोमबार (आज) दुर्घटनाग्रस्त अवस्थामा राष्ट्रपति सवार हेलिकोप्टर फेला परेको बताइएको छ । इरानी अधिकारीका अनुसार हेलिकोप्टर पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ ।



  • इरानी मिडिया एजेन्सीहरूका अनुसार हेलिकोप्टरमा दुई पुरुष र अन्य सातजना सवार थिए । मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्डिङ हुन सकेको थिएन । ‘फोर्स ल्यान्डिङ’का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *