कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत


  • कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको नाराबाजीका बाबजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।

    यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो । र, समर्थनसमेत फिर्ता लिएको थियो ।

    मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।



  • सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *