कतारमा मनाइयो १७ औं गणतन्त्र दिवस


  • कतारमा मनाइयो १७ औं गणतन्त्र दिवस
  • दर्शन सुनार/कतार : कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुद्धारा संयुक्त रुपमा १७ औं  गणतन्त्र दिवस २०८१ भब्य रुपमा मनाएको छ ।

    नेपाली राजदूतावासको सभाहलमा कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुको संयुक्त आयोजनामा प्रवासी नेपाली मञ्च कतारको सातौ महाधिवेशन आयोजक समितिका सयोंजक, अफसर अलि खानको सभापतित्व,तथा नेपाली राजदूतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।



  • विधिवत उद्धघांटन सहित व्यानर अनावरण, दिप प्रज्वलन गरी उद्घघांटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो । कतारमा स्थापित प्रवासी नेपाली मञ्च कतार,नेपाली जनप्रगतिशील मञ्च कतार,गैरआवासिय मधेसी संघ कतार,नेपाली जनप्रगतिशील मोर्चा कतार, सघिंय लिम्बुवान कतारको संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा  समाजसेवी बुद्धिजीवी ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरुले नेपाली जनताले बलिदान दिएर आएको गणतन्त्र अहिले सर्वसाधारण जनताले गणतन्त्रको अनुभुती गर्न न सकेको वक्ताहरुको भनाई रहेको थियो ।

    एनसिसी कतारका अध्यक्ष रमेश भट्टले सोही दिन कार्यक्रम गर्न न सकेकोमा दुख व्यक्त गर्दै कतारमा स्थापित बैचारिक संघ सस्थांहरुलाई एक्यवद्धता हुन आग्रह समेत गरे । प्रमुख अतिथी कृशु श्रेत्रीले आफ्नो मन्तव्य बोल्दै कार्यक्रममा गणतन्त्र दिवस मनाउन हल उपलब्ध सम्बन्धि कार्यक्रममा उठेका प्रश्नहरुको सवाल जवाफ गर्दै राजदूतावास स्थापना भएदेखि आज सम्म कतारमा स्थापित संघ सस्थां तथा कतारमा रहेका नेपाली श्रमिकहरुको दुख मर्म तथा समस्याहरु बुझेर काम गर्दै आईरहेको बताए।

    संघीय लिम्बुवान सामाजिक मञ्च कतारकी अध्यक्ष रेखा राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटाले  गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति अफसर अलि खानले गणतन्त्रको इतिहास बताउदै गौरवशाली ईतिहास तथा हाम्रो राष्ट्र मुलुक नेपालले पाएको यो ऎतिहासिक उपलब्धिमा सबैलाई गणतन्त्रको शुभकामना समेत व्यक्त गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *