चाबहिलमा ५५ वर्षीय पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउदा ५ जना घाइते



  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् । 

    बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।ज



  • घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरी वृत्त गौशालाका डीएसपीले बताए ।

    घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रहरीका अनुसार बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका दुई छोरीहरू सुप्रियाको अन्दाजी ५० प्रतिशत र समृद्धिको ८० प्रतिशत छाला जलेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *