भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा चुनावको परिणाम आएको भोलिपल्ट बुधबार उनले राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीको सत्ताधारी गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाए पनि भाजपाले भने बहुमत पाएको छैन ।