प्रतिनिधिसभाको बैठक दुई दिन स्थगित


  • प्रतिनिधिसभाको बैठक दुई दिन स्थगित
  • काठमाडौँ । आज र भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आइतबार (आज) बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुईदिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

    आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको बताइएको छ ।



  • सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *