मोटरसाइकल दुर्घटनामा दुई प्रहरीको मृत्यु


  • मोटरसाइकल दुर्घटनामा दुई प्रहरीको मृत्यु
  • सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

    मोटरसाइकल दुर्घटनामा परी धनुषा कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।



  • फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै प्रहरी चौकीतर्फ फर्कने क्रममा प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

    असई ठाकुरको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र हवलदार श्रेष्ठको प्रहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *