गोर्खा सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रम गर्दै


  • गोर्खा सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रम गर्दै
  • दर्शन सुनार/कतार : "तन मन, वचन र कर्मले सेवा गरौ" भन्ने मुल नाराका साथ गोरखा सेवा समाज कतारको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसर पारेर (जुन 17) तारिक सोमबारका दिन  गोरखा सेवा समाज कतारको आयोजनामा ईद धमका २०२४ हुने भएको हो ।

    गृह जिल्ला गोरखा शाखाको मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थ गर्ने उद्धेश्यले आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार लोक तथा दोहोरी गायक खेम सेन्चुरी,युवा पुस्ताका भर्सटायल गायक उर्गेन दोङ,चर्चित भर्सटायल गायिका समिक्षा अधिकारी र लोक तथा दोहोरी गायिका निर्जला गुरुङ कतार आउने भएका छ्न ।



  • शुक्रबार अल लक्त्तामा रहेको टयुनिसियन स्कुलको सभाहलमा दिनको ११ बजे कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुका लागी कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ । कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन गोरखा सेवा समाज कतारले अनुरोध समेत गरेको छ । सौर्यपत्र अन्लाईन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।

    बृहत् साँस्कृतिक कार्यक्रममा आउन चाहनेहरुका लागि हमेशा ब्युटी पालर तथा कतारमा रहेका नेपाली रेष्टुरेन्टमा समेत टिकट लिन सकिने कार्यक्रम संयोजक राकेश श्रेष्ठले जानकारी दिए  थप जानकारीका लागि कार्यक्रम संयोजक राकेश श्रेष्ठ मोबाइल नम्बर 55997539 मा सम्पर्क गर्न सकिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *