चौथो मगर भूम्या पर्वको तयारी पूरा, हास्य कलाकार खबपु कतार आईपुगे


  • चौथो मगर भूम्या पर्वको तयारी पूरा, हास्य कलाकार खबपु कतार आईपुगे
  • दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको आयोजनामा हुन लागेको "चौथो मगर भूम्या कार्यक्रम २०२४" मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार कतार आईपुगेका छन ।

    शुक्रबार अल लक्ताको टयुनिसियन स्कुलको सभाहलमा बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट चर्चित हास्य कलाकार खड्क बहादुर पुन {खबपु} चंचल कतार आईपुगेका हुन । आमन्त्रित कलाकारलाई स्वागत गर्न सघंका अध्यक्ष तथा साँस्कृतिक परिवारका अध्यक्ष लगायत विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।



  • "नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान" भन्ने मुल नाराका साथ मगर समुदायको मौलिक राष्ट्रिय साँस्कृतिक चाड भूम्या पर्व-२०८१ को पावन अवसरमा साँस्कृतिक परिवारले चौथो मगर भूम्या पर्व-२०२४ को आयोजना गरिएको हो । कलाकार कतार आईपुगे सगैं भूम्या पर्वको तयारी अन्तिम चरणमा पुगेको साँस्कृतिक परिवारका अध्यक्ष ओम थापा मगरले सौर्यपत्र अन्लाईनलाई जानकारी दिए । कार्यक्रममा नेपाल मगर साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरु द्वारा मगर समुदायको मौलिक नाच,एकल तथा सामुहिक नृत्य,मगर भेष भुषाको प्रदर्शन तथा विबिध साँस्कृतिक प्रस्तुतिहरु भूम्या, हुर्रा, कौरा, सालैजो, झ्याउरे सँगै अन्य मनोरन्जनात्मक प्रस्तुतिहरुको बेजोड प्रस्तुति रहने साँस्कृतिक परिवारले जनाएको छ ।

    कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर भरपुर्ण मनोरञ्जन लिन नेपाल मगर संघ शाखा कतारले अनुरोध समेत गरेको छ । सौर्य पत्र अन्लाईन समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *