रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम गर्दै


  • रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम गर्दै
  • दर्शन सुनार/कतार : रोल्पा जलजला सेवा समाज कतारले विविध सांस्कृतिक कार्यक्रम गर्नेभएको छ। ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको अवसर पारेर जलजला सेवा समाजले यही जुन १८ तारिकमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।

    'तराई, पहाड, हिमाल हामी सबै नेपाली,सहयोगमा प्रतिबद्ध हामी रोल्पाली" भन्ने मुल नाराका साथ
    रोल्पा जलजला सेवा समाज कतारको आयोजना तथा जलजला सहकारी बचत कोषको सह- आयोजनामा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन सहयोगार्थ अक्षयकोषको लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ।



  • आयोजकका अनुसार कार्यक्रमको मुख्य आकर्षणमा गृह जिल्लाका चर्चित हास्यकलाकार खडक बहादुर पुन (खबपु)को प्रस्तुतिसँगै कतारमा रहेका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। साथमा अन्य विविध  मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत रहने छन्।

    कतारको सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजेदेखि  सुरु हुने कार्यक्रममा कतारमा रहेका रोल्पाली तथा कतारमा स्थापित सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुको उपस्तिथि रहने पनि आयोजकले बताएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *