सेवा-झोर्ले सार्वजनिक


  • सेवा-झोर्ले सार्वजनिक
  • काठमाडौं । सेवा(झोर्ले) गीत सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत सङ्कलन विजय मगरले नै गरेका हुन् ।

    पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जरमिक्सिङरमास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।



  • भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिटरकलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

    गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ । राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको 'ग्रिटिङ्ग्स वर्ड' सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ ।

    https://youtu.be/VFP_oRbXR44?si=P0y91FQ0fRwtYZ8w

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *