दर्शन सुनार/कतार : "नेपाल मगर साँस्कृतिक परिवार कतारको उदघोष र सम्बोधन, मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन हाम्रो अभियान" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारले चौथो मगर भूम्या पर्व २०२४ भब्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष ओम थापा मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/06/1000055332-1024x683.jpg)
बिधिवत रुपम ब्यानर अनावरण,दिप प्रज्वलन गरि उद्धघांटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र प्रथम सहिद लखन थापा मगर र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो। कार्यक्रममा भुमे पुजारी गणेश लामालाई फेटाद्धारा सम्मान गरिएको थियो। विधिगत रुपमा पुजारी लामाले देवी देवता सम्झ्दै भुम्या भनेको जमिन हो, प्रकृति हो, भुई हो, माटो हो, भूमि हो या समग्र पृथ्वी हो त्यसैले बाढी पहिरो जस्ता दैबिक प्रकोप नहोस् र कुनै बाली , धन जनमा क्षति नपुगोस भनि प्रकृतिलाई खुशी पार्न आफ्नो ठाउँ अनुसारको बलि दिएर पुजा गरि प्रकृतिसंग शान्तिको कामना गर्दै भूम्या पर्वको पुजा अर्चना विधिगत रुपमा गरेका थिए ।
कार्यक्रम संयोजक नेत्र थापा मगरले स्वागत मन्तव्य राख्दै भूम्या पर्वको बारेमा प्रष्ट पारेका थिए। कार्यक्रमका सभापति,प्रमुख अतिथी,अतिथी कलाकार तथा बिशिष्ट अतिथिलाई फेटाद्धारा सम्मान गरिएको थियो ।कलाकार रुस्तम तामाङ,सुरेश बिसीले आफ्नो गायन प्रस्तुति राखेका थिए ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/06/1000055324-1024x683.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/11/sagarmatha-cement-hrz.gif)
पहिलो नेपाल मगर संघ तथा साँस्कृतिक परिवारमामा आवद्ध रहेका कलाकारहरुले मौलिक स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो चरणमा नेपालबाट आफ्नो प्रस्तुति दिन कतार पुगेका खडक बहादुर पुन {खबपु} स्टेज चढेका थिए । उनले कतार सम्म आउन पहल गरिदिने मगर संघका सम्पुर्ण पदाधिकारीहरुलाई यो मायाको गुण कहिले न बिर्सने बताउदै आफ्नो बुवा र माईलो बुवाको पनि कर्म थलो कतार रहेको बताए । पहिलो चरणमा खपबुले थाली नाच नाचेका थिए । दोस्रो कमेडियन र तेस्रोमा आफ्नै गायन बाट दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएका थिए उनको प्रस्तुतिले कार्यक्रमलाई थप रौनक थपेको थियो ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/06/1000055336-1024x683.jpg)
सांस्कृतिक प्रस्तुतीहरुमा नेपाल मगर संघ शाखा कतारको कला तथा साँस्कृतिक विभागमा आवद्ध रहेका कलाकारहरुले संस्कृति झल्काउने नृत्यहरु हुर्रा, सालैजो, झ्याउरे, सामुहिक रुपमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।कार्यक्रममा कलाकार रुस्तम तामाङ,निरु श्रेष्ठ र सुरेश् बिसीलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो।
प्रमुख अतिथि सुवेदीले मगर समुदायले परापुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको भुम्या पर्वलाई नेपाल मगर संघ शाखा कतारले जगेर्ना गर्दै निरन्तरता समेत दिएको बताए । सुवेदीले नेपालको संस्कृतिमा मगर समुदायले गरिरहेको लामो समयको योगदान हामो भाषा,साहित्य, धर्म परम्परा तथा रितिरिवाज र धर्म संस्कृति पहिचान लाई मगर समुदायले जोगाईराखेको र अतुलनीय रहेको बोल्दै भुम्या पर्वको अवसरमा विश्वभर छरिएर बसेका मगर हरुलाई हार्दिक शुभकामना व्यक्त गरे ।
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/06/1000055347-1024x683.jpg)
नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति ओम थापा मगरले
विशेष गरी अठार मगरांतका मगरहरुले यो पर्ब गाँउको मुलि छान्ने र बर्ष दिनको योजना बनाउने अनि गाउं ठाउंमा विपत्ति नहोस् भनि प्रकृतिलाई खुशी राख्न भूम्या पूजा गरे अनावृष्टि र अतिवृष्टि नहुने मगर समुदायको विश्वास समेत रहेको बताउदै कार्यक्रममा उपस्थिति तथा साथ सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
औपचारिक कार्यक्रमको सहजीकरण संघका महासचिव समीर थापा मगरले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नेत्र थापा मगर र मगर महिला विभागकी सचिव रबिना मगरले मिलेर सहजीकरण गरेका थिए ।