दर्शन सुनार/कतार : गोर्खा सेवा समाज कतारले गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थका लागी "तन मन, वचन र कर्मले सेवा गरौ" भन्ने मुल नाराका साथ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद (अल अदा)को अवसरमा आयोजना गरिएको कार्यक्रममा लोकप्रिय गायिका समिक्षा अधिकारी, खेम सेन्चुरी, निर्जला गुरुङ, उर्गेन दोङ लगायत स्थानिय कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।

मानव सेवा आश्रमका बारेमा कतार च्याप्टरका संयोजक रामजी खत्रीले सक्षिप्तमा प्रष्ट पारेको कार्यक्रममा लोकप्रिय गायिका समिक्षा अधिकारीले बालापन घुमेर,कुरा बुझ्न पर्छ ,न बोली न बोली,जस्ता आधा दर्जन बढी गीत गाउदा दर्शकको हुटिङ पाउनुका साथै दर्शकलाई नचाइन ।
गायिका निर्जला गुरुङले माया छ भनेर, चोखो माया,गोर्खैको डाडैमा हावा सरर गाउदा दर्शकको राम्रो साथ पाईन । त्यस्तै गायक खेम सेन्चुरीले बेला बेला चुप्पा गर,कट्टा हान्दिन्छु,सुर्ती माडदै,मेरी बास्सै लगायत गीत गाउदा दर्शकलाई उठेर नाच्न बाध्य बनाएका थिए भने बिरेन मादेन,जीवन खालीङ राई,रुस्तम तामाङको प्रस्तुतीसंगै निरु श्रेष्ठ र सृष्टि श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए


गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङको सभापतित्व तथा नेपाली राजदूतावास कतारका उप-प्रमुख नियोग कुमार राईको प्रमुख आतिथ्यता सम्पन्न बृहत् साँस्कृतिक कार्यक्रममा कार्यक्रम संयोजक राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा एक हजार बढी दर्शकको उपस्तिथि रहेको औपचारिक कार्यक्रमको सहजीकरण समाजका महासचिव अर्जुन सग्रौलाले गरेका थिए भने कार्यक्रमको सहजीकरण तिलु शर्मा पौडेलले गरेका थिए ।



सभापति गुरुङले गृह जिल्लामा गोरखामा मानविय कार्यको लागी मानवसेवा आश्रम निर्माणधिन भवनलाई सहयोगार्थ गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमलाई विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरे ।