दर्शन सुनार/कतार : तराई,पहाड,हिमाल हामी सबै नेपाली,सहयोगमा प्रतिबद्ध हामी रोल्पाली, भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारले विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल अदाको पावन अवसरमा कतार तथा गृह जिल्ला रोल्पामा आपतकालीन अक्षयकोष सहयोगार्थको लागी कार्यक्रमको आयोजना गरिएको हो ।
रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष बलराम जैसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संस्थापक संरक्षक तथा सामाजिक ब्यक्तित्व कमलमणी गुरांराईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवलाल केसीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।


विधिवत उदंघाटन ब्यानर अनावरण,दिप प्रज्वलन गरेर अघि बढेको कार्यक्रममा कलाकार कोशेली रोका मगरले स्वागत नृत्य पेश गरेकी थिइन कार्यक्रममा स्थानिय कलाकार जिया हमाल,सुस्मिता रोका मगर,सुस्ती लामा,शान्ती ओली,प्रतीक्षा प्रधान,सुमित्रा नेम्बाङ,उर्मिला परियार, जीवन राई,सन्देश सोनी, सुमित्रा भट्टराई, सुरेश् बिसी,बाबू कौशल,सुमन राई,कमला गुरुङले आफ्ना प्रस्तुति राखेका थिए ।
कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका कलाकार खडक बहादुर पुन {खबपु}ले नेपाल मगर संघ,साथै गृह जिल्ला रोल्पा जलजल सेवा समाज कतारलाई धन्यवाद प्रकट गर्दै थाली नाच प्रस्तुत गरे। दोस्रो चरणमा खबपु आफनो कमेडी प्रस्तुति दिएका थिए त्यस्तै तेस्रो पटक उनले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए । उनले उपस्थितलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

कलाकार हुकुम बिक,नवीन बाबु, नबिना न्यौपाने,यज्ञ राउत,पुर्ण सिहं गौतम,ईश्वरी केसी,बिष्णु भुजेलले समाजमा घटेका घटनाहरुलाई आधारित बनाएर उत्कृष्ट गितिनाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका स्थानीय कलाकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि सगै कलाकार पत्रकारहरुको बाक्लो उपस्तिथि सहित मन्तव्य रहेको थियो ।
प्रमुख अतिथी गुरांगाईले आफ्नो मन्तव्य बोल्दै दुख आपत बिपतमा परेका दिनदुखीहरुको लागि समाजले आयोजना गरेको आपतकालिन अक्षयकोषमा कतारमा रहेका नेपालीहरुलाई जोडिएर सहयोग गरिदिन आग्रह गरे । समाजका महासचिव गंगा बुढामगरले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति जैसिले समाजले थालनी गरेको मानवीय तथा परोपकारी आपतकालीन अक्षयकोषमा सबैलाई जोडिन आग्रह गर्दै कार्यक्रमलाई सफलता पुवर्क सम्पन्न गर्न विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।