बाँके प्रहरीको सफलता,एक महिनामा १ करोड बढीको सामान बरामद


  • बाँके प्रहरीको सफलता,एक महिनामा १ करोड बढीको सामान बरामद
  • बाँके । ईच्छा शक्ति र ईमान्दारिता भयो भने केही पनी असम्भव छैन भन्ने कुरा केही महिनाअघी मात्र जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले प्रमाणित गरिदिएका छन ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन कार्यालय प्रमुखले गर्न नसकेको काम बर्तमान एसपीले दुई महिना नपुग्दै गरिदिएका छन ।चोरी,डकैती,अपराध नियन्त्रण र खबर संकलनकालागी खटिएका प्रहरीहरुको गोपनियता र इमान्दारीताका कारण एसपी कार्कीले बाँकेको कमाण्ड सम्हाले लगत्तै अबैध भन्सार छलिको सामान नियन्त्रण, चोरी,डकैति, लागु औषध कारोबारी बिरुद्ध खरो रुपमा उत्रिएको बाँके प्रहरीले एक महिनाको अवधिमा रु १ करोड ३० लाख बढीको  सामान बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट बिभिन्न मितिमा अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी  ल्याइएको सामान बरामद गरिएको हो । प्रवक्ता डाँगीका अनुसार भारतबाट गैरकानुनी रुपमा नेपाल ल्याएको कपडा,एसी,सुर्तिजन्य पदार्थ,औषधी,जुत्ता चप्पल,चिनी,प्याज,बोइलर कुखुरा,मोबाइल डिसप्ले, मोबाइल कभर ,करिब २ क्विन्टल बोइलर खुकुरा र १ हजार आठ सय चल्ला बरामद गरी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको छ ।

    गत जेठ महिनामा मात्र प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरी १४ लाख बढी राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए । यसैगरी प्रहरीले मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएको र एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरिएको प्रवक्ता डाँगीले बताए ।



  • गोप्य सूचना संकलन साथै चोरी,डकैति,अपराध नियन्त्रण तथा अनुसन्धान गर्न बाँके प्रहरीले प्रहरी हवल्दारको कमाण्डमा केही प्रहरी परिचालन गरेको छ । सुचना संकलनमा खटिएका प्रहरीको सुचनाको आधारमा बाँके प्रहरीले जेठ महिनामा ठूलो फट्को मार्दै रु १ करोड बढी मुल्यको अबैध भन्सार छलिको सामान पक्राउ गरी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाउन सफल भएको हो । 

    बाँके प्रहरीमा एसपी तुल बहादुर कार्की आएसंगै बाँकेमा अबैध तस्कर गुण्डागर्दी नियन्त्रण भएको बाँके बासिले बताउछन ।

    बरामद गरिएको सामानहरु

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *