स्वास्थ्य मन्त्रालयो आग्रह, जंगली च्याउ नखानु


  • स्वास्थ्य मन्त्रालयो आग्रह, जंगली च्याउ नखानु
  • काठमाडौं । जंगली विषालु च्याउ खाँदा हरेक बर्ष धेरैको संख्यामा मृत्यु हुने र बिरामी पर्ने गरेका छन । एक साताभित्र मकवानपुरमा तीनजनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । 

    यो त भयो पछिल्लो एउटा उदाहरण, यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार दैनिकजसो आउँछन् । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ । 



  • वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ ।

    पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *