काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् । ननग्रेडेड भएका २ लाख ४२ हजार ९२ ले कक्षा ११ मा पढ्न नपाउने भएका छन् ।

त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । एसईईमा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए ।