कतारमा ‘लोक दोहोरी धमाका २०२४’ आयोजना हुँदै


  • कतारमा 'लोक दोहोरी धमाका २०२४' आयोजना हुँदै
  • दर्शन सुनार/कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले गर्ने 'लोक दोहोरी धमाका २०२४' मा लोक सम्राट राजु परियार आउने भएका छन ।संस्थाको ७ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले वृहत् कार्यक्रमको आयोजना गर्न लागेको हो ।

    आगामी १२ जुलाईमा 'हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन' भन्ने मुल नाराका साथ गर्न लागिएको कार्यक्रमा लोकप्रिय गायक तथा लोक सम्राट राजु परियार कतार आउन लागेको प्रतिष्ठान शाखा कतारका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए।



  • कार्यक्रममा नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहरुसगैं प्रतिष्ठान शाखा कतारमा आवद्ध रहेका कलाकारहरुको समेत सांगीतिक प्रस्तुतिहरु रहने कार्यक्रममा प्रत्यक्ष लाईभ दोहोरी समेत रहने शाखा कतारका अध्यक्ष शिवराम ढकालले बताए ।

    अल लक्तामा रहेको ट्युनिसियम स्कुलको सभाहलमा स्थानिय समय अनुसार बिहानको ११ बजेदेखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ । कार्यक्रमको जानकारीको लागि कार्यक्रम संयोजक ढकाललाई ७०७२९९२४ मा समेत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *