ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प


  • ठाउँठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा आवतजावत ठप्प
  • दैलेख । भारी वर्षाको कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचको सडक अवरुद्ध भएको हो ।

    गएरातिदेखी कर्णालीमा भारी वर्षा हुंदा आएको बाढी र पहिरोले दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
    दहीखोला र कालिखोलाबाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा पनि ५ स्थानमा सडक अवरुद्ध भएको छ ।



  • दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेका अनुसार शुक्रबार बिहान ६ बजेमात्रै राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको उनले बताए ।

    दैलेखको राकम बजारबाट जेसीबी लिएर समेत सडक खुलाउने काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । उनले भने, ‘दहीखोला र कालिखोलाबाहेक अन्य पाँच ठाउँमा सुख्खा पहिरो गएको छ । अहिले जेसिबी लिएर बाटो खुलाउने काम भइरहेको छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *