ट्याक्टर दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु


  • ट्याक्टर दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु
  • काठमाडौं । गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।



  • दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ वस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *