नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न 


  • नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न 
  • दर्शन सुनार/कतार । नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

    नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको हो ।

    सभाका प्रमुख अतिथि तथा काङ्ग्रेसका महामन्त्री थापाले सभालाई सम्बोधन गर्दै देश बिकाशमा राज्यलाई प्रतिफल नदिने कुनै पनी पुर्वाधारका काम र कारवाहिले देश रिनको खाल्डोमा परेको चिन्तन व्यक्त गरे । 

    शुक्रबार नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले देश र जनतालाई मुनाफा नहुने गाउँ-गाउमा बनेका सिहंदरवार ,पोखरा,भैरहवा बिमानस्थलको उदाहरण दिदै राज्यलाई आम्दानी नहुने बिकासले राज्यले रिणको भार बोकिरहेको र नेपालको अर्थतन्त्र धरासयमा रहेकोले सोच्न पर्ने बेला आएको बताए ।

    महामन्त्री थापाले युवाहरु विदेशिएकै कारण गाऊमा युवा विहिन भएको बताए । शिक्षा स्वास्थलाई प्राथमिकतामा राख्न र देशका युवाहरुलाई रोजगारीको बाताबरण सिर्जना गर्न नसके देश ठूलो मर्कामा पर्न सक्ने बताउदै देशको बर्तमान राजनीतिक अवस्थाको बारेमा समेत चिन्ता व्यक्त गरे ।



  • उद्धघाटन कार्यक्रममा बि पी कोईरालाको फोटोमा माल्यार्पण गर्दै समितिका उपसभापति तथा उपसंयोजक ठाकुर परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मौसमी गुरुङ,सोनी आलेले, जिया हमाल,सोनिसा तामाङ, एलिसा साम्पाङ राई, सृजना तामाङ, सिमा मगर, जीवन खालिङ राई  सुनिल तामाङले  सामुहिक नृत्य राखेका थिए ।

    गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले कतार भ्रमणमा रहेका महामन्त्री थापालाई कतारमा रहेका नेपालीहरुको समस्याहरुलाई बुझिदिन आग्रह गर्दै कतारको हमद  हस्पिटलमा रहेका बिरामी, कतारको जेलमा रहेका नेपालीहरुको जानकारी गराए। भट्टले पासपोर्ट नविनकरण,आजाद भिषा लगायत कतारमा रहेका श्रमिकहरुको दुख,पीडा सरकार समक्ष राखिदिन आग्रह समेत गरे ।

    कार्यक्रममा जनसम्पर्क विभाग प्रमुख एवं केन्द्रिय सदस्य किरण पौडेलले नेपाल र कतार दुई देशको सम्बन्ध राम्रो रहेमा हाम्रो देश नेपालले कतारबाट धेरै लाभ लिन सक्ने बताए । पुर्व नेविसंघका अध्यक्ष एवं केन्द्रिय सदस्य नैनसिंह महरले कार्यक्रमलाई सम्बोधन गर्दै समग्र देशको बर्तमान अवस्थाको बारेमा बताएका थिए। रेमिट्यान्सले हाम्रो देशको अर्थतन्त्रमा टेवा पुगेको बताउदै कतारमा रहेका श्रमिकका समस्या नजिकबाट नियाल्दै श्रमिकका समस्या चाडै नै सरकार समक्ष पुर्याउने वचन प्रतिबद्धता व्यक्त गरे ।

    जनसम्पर्क समितिका महामन्त्री केदारनाथ भुसालले सहजीकरण गरेको सभाबाट लोकतन्त्र समाजवादमा आस्था राख्ने ४ दर्जन भन्दा युवाहरुले सगंठनको सदस्यता लिएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *