गन्डकी प्रदेश कतारले स्वास्थ तथा सचेतना कार्यक्रम गर्ने


  • गन्डकी प्रदेश कतारले स्वास्थ तथा सचेतना कार्यक्रम गर्ने
  • दर्शन सुनार/कतार । " हाम्रो अभिभारा,समृद्ध गण्डकी प्रदेश" भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समन्वय परिषद कतारले बार्षिक साधारण सभा तथा स्वास्थ सचेतना कार्यक्रम गर्ने भएको छ ।

    गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा "स्वास्थ तथा सचेतना" मनोबिज्ञान तथा मानसिक स्वास्थ सम्बन्धि अन्तरकृया कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा मनोपरामर्शदाता तथा मनोबिश्लेषक बाशु आचार्य कतार आउने गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलले जानकारी दिए ।



  • कार्यक्रममा सम्पुर्ण संघ-सस्थां समाजसेवी,बुद्धिजीवी लगायत कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई उपस्थित भएर मानसिक स्वास्थ सम्बन्धि आफ्ना जिज्ञासा् सहित स्वास्थ तथा सचेतना कार्यक्रमको लाभ लिन गण्डकी प्रदेश समन्वय परिषद कतारले अनुरोध समेत गरेको छ ।

    शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा स्थानिय समय अनुसार ११ बजे शुरु हुने कार्यक्रममा प्रवेश शुल्क भने निशुल्क रहेको आयोजकले जनाएकोछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *